अस्मिता र विशालको स्वरमा ‘दिलमा ठाउ दियौ’


अस्मिता अधिकारी र विशाल निरौलाको स्वरमा रहेको नयाँ गीत ‘दिलमा ठाउ दियौ’ सार्वजनिक भएको छ। गीतमा गायक निरौलाको नै शब्द र संगीत रहेको छ।


रामजी लामिछानेको कोरोयिग्राफी र निर्देशन रहेको गीतको भिडियोमा शिव आर ठकुरी र सिजल कडरिया फिचर रहेका छन्। मानकृष्ण महर्जनले खिचेको भिडियोलाई बान्दे प्रसादले सम्पादन गरेका छन्। आर्ट मुभिजको प्रस्तुतिमा भिडियो तयार भएको हो। यो कम्पनी चाडै नै चलचित्र निर्माणको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्