A vertical shot of the black cat in the dark darkness

विदेश यात्रामा पल शाहले बढाए व्यस्तता, गायिका अस्मितासंगै हङकङ यात्रामा


नायक पल शाह आफ्नो पुरानो जीवनशैलीमा फर्किएको केहि समय भयो। उनी अभिनित म्युजिक भिडियो लगातार रिलिज भैरहेका छन् भने केहि भिडियो रिलिजको पाईपलाइनमा रहेका छन्। उनै पल शाहले पछिल्ला केहि दिन विदेश भ्रमणलाई प्राथमिकतामा राखेका छन्। यो केहि दिनमा पलले थाईल्याण्ड, सिंगापुर र मलेसियाको भ्रमण गरे। सांगीतिक कार्यक्रम र अवार्ड समारोहमा सहभागी हुन् पल पुगेका थिए।

उनै पल शाह यतिबेला हङकङ पुगेका छन्। गायिका अस्मिता अधिकारी संगैको तस्विर पोष्ट गर्दै पलले हङकङ यात्रामा रहेको जानकारी गराएका छन्। त्यहाँ हुने एक सांगीतिक कार्यक्रमका लागी पल हङकङ पुगेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्