A vertical shot of the black cat in the dark darkness

गौरव र नम्रताको ‘नम्बरी सुन’ ट्रेलरमा के छ ?


भदौ १ गतेबाट रिलिज हुने चलचित्र ‘नम्बरी सुन’ को टिजर सार्वजनिक भएको छ । राजु गिरिको निर्देशनमा तयार भएको चलचित्र सुनको इतिहासमाथी चलचित्र निर्माण भएको छ। एक्सन र कमेडीलाई प्रथामिकतामा राखिएको चलचित्रको टिजरले प्रेम सम्बन्धमा आउने उतारचढावको कथालाई केन्द्रमा राखेको छ।

चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, किरण नेपाली, बुद्धि तामाङ, राजाराम पौडेल, राजेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।

नारायण खातीको कथा तथा प्रस्तुती रहेको चलचित्रमा शिवम् अधिकारीको पटकथा/ संवाद रहेको छ। सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेको चलचित्रले गत महिना हेटौडामा गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया बटुलेको थियो।

प्रतिक्रिया दिनुहोस्