A vertical shot of the black cat in the dark darkness

एकै मितिमा मुकुन भुषालका दुई चलचित्र रिलिज तय


मुकुन भुषाल चलचित्रमा राम्रो अभिनय गर्न सक्ने अभिनेताको रुपमा परिचित रहेका छन्। बुलबुल र झिंगेदाउ मा आफ्नो अभिनय कौशल देखाएका भुषाल चलचित्र मेकरको नजरमा परिरहेको नाम हो। चलचित्रको कथालाई पर्दामा पात्रको रुपमा स्थापित गराउन सक्ने अभिनेताको रुपमा परिचित भुषालका दुई चलचित्र रिलिजको तयारीमा छन्। नयाँ चलचित्रको सुटिङ्गमा जाने तयारीमा पनि उनि रहेका छन्।

उनलाई चलचित्र अभिनयको अभाव रहेको छैन। उनी मुख्य भूमिकामा रहेको ‘गणपति’ र ‘‘ऐँचो पैँचो’ रिलिजको तयारीमा रहेका छन् । गणपतिमा उनी मेनुका प्रधान संग देखिदैछन् भने ‘ऐँचो पैँचो’ मा स्वस्तिमा खड्कासंग । दुवै चलचित्र बिशेस बन्न सक्ने आंकलन गरिएको छ। दर्शकले मुकुनको काम फरक समयमा फरक दुई चलचित्रमा हेर्न पाउने थिए। तर चलचित्रका वितरकले दुवै चलचित्रको रिलिज मिति एकै समयमा हालिदिएका छन्। मुकुन मुख्य भूमिकामा अभिनित दुवै चलचित्र भदौ १४ मा रिलिज हुने भएका छन् । अव आफु मुख्य भूमिकामा रहेका चलचित्र एकै मितिमा रिलिज हुँदा पक्कै पनि एक कलाकारलाई फाइदा हुने छैन।

प्रतिक्रिया दिनुहोस्