A vertical shot of the black cat in the dark darkness

अर्जुन र दुर्गाको पहिलो सन्तानको रुपमा छोरी ‘अदिरा’को जन्म


सांगीतिक जोडी अर्जुन पोख्रेल र दुर्गा खरेललाई पहिलो सन्तान प्राप्ती भएको छ। अर्जुन र दुर्गालाई पहिलो सन्तानको रुपमा छोरी प्राप्त भएको हो। केहि समय अगाडी नै दुवैले आफुहरुलाई छोरी प्राप्त हुन् लागेको जानकारी दिएका थिए। दुवैले छोरीको नाम ‘अदिरा’ जुराएका छन्। सोमबार ग्राण्डी अस्पतालमा दुर्गाले छोरीलाई जन्म दिएकी हुन्।

सन्तान प्राप्तीको खुशी साट्दै अर्जुन लेख्छन्, ‘आज इन्टरनेसनल फादर्स डे को दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरेँ यो अवसरको लागि मेरी प्यारी जीवन संगिनी दुर्गा खरेललाई धन्यवाद र मामु बनेकोमा बधाई दिन चाहान्छु , हाम्री प्यारी छोरी ( अदिरा ) लाई यो सन्सारमा स्वागत गर्न पाँउदा धेरै खुसी लागेको छ साथै डा.चेतना श्रेष्ठ , डा. भोला रिजाल , डा. पदमराज पन्त , डा. कमल थापा डा.निलम सुबेदि नर्स उषा सिस , नर्स समिला जि , सविता जि लगाएत सम्पूर्ण सहयोगी हातहरु प्रति आभार प्रकट गर्दछौँ ।’ थुप्रै हिट गीतमा सहकार्य समेत गरेको यो जोडीले कोभिडको समयमा विवाह गरेको थियो।

प्रतिक्रिया दिनुहोस्