‘गुन्युचोलो’ नाममा ‘गुलाबी’ विश्वभर रिलिज हुने , अमेरिकी कम्पनीलाई अन्तराष्ट्रिय वितरण अधिकार


पहिलो झलक ‘पोष्टर’ रिलिज देखि नै चर्चा बटुलेको चलचित्र हो , गुलाबी। ट्रान्सजेन्डरको कथामा बनेको चलचित्रको पोष्टरमा अभिनेता नजिर हुसैन फिचर छन्। उनको लुक्सले चौतर्फी चर्चा बटुलेको बेला निर्माण टीमले अर्को खुशीको खबर सार्वजनिक गरेको छ। चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार अमेरिकी कम्पनी ‘भिजिअन इन्टरटेनमेन्ट’ ले खरिद गरेको छ । उक्त कम्पनीले खरिद गरेसंगै चलचित्रको नाम परिवर्तन भएको छ। उक्त कम्पनीले ‘गुन्युचोलो : कमिङ अफ एज अफ अ गर्ल’ शीर्षकमा सन् २०२४ मा चलचित्रलाई विश्वव्यापी रुपमा वितरण गर्ने भएको छ।

यो संगै अब नेपाल रिलिज मिति पनि फेरबदल हुने भएको छ। नेपालमा चलचित्र निर्माण गरेको कम्पनी ‘द स्काइ ओसन इन्टरटेनमेन्ट’ सँग अमेरिकी कम्पनीले निर्माण र वितरणमा सहकार्य गर्न लागेको हो । अव नेपाल र अमेरिकी कम्पनीले संयुक्त रुपमा यो चलचित्रमा काम गर्नेछन्। चलचित्रको पोष्ट प्रोडक्सन र विश्व वितरणको जिम्मा अमेरिकी कम्पनीले लिएको छ । अमेरिकी संगीतकार मार्सेलो डी फ्रान्सिस्कीले चलचित्र पाश्र्वध्वनि संयोजनको गर्ने भएका छन्। फरक कथा र मनछुने प्रस्तुती चलचित्रको टिमसंग काम गर्न उत्साहित र तयार भएको निर्माण कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख्य गरिएको छ। चलचित्रमा नाजिरको साथमा सञ्चिता लुइँटेल, सुशील सिटौला र विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्