सनिशासंग पल शाहको त्यो पल


पल शाह कमब्याकमा आफुलाई म्युजिक भिडियोमा व्यस्त राखिरहेका छन् । उनले अभिनय गरेका भिडियो एकपछी अर्को रिलिज भैरहेका छन् । मोडल सनिशा भट्टराईसंग उनी अभिनीत नयाँ भिडियो सार्वजनिक भएको छ । जगदीश समाल र दिपा लामाको स्वरमा रहेको ‘त्यो पल’ बोलको गीतमा पल र सनिशाको जोडीलाई देख्न सकिन्छ । सुमन योन्जोनीको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको संगीत रहेको छ।

राजेश पूमा राईको निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने सम्पादन विकास दाहालको रहेको छ।

प्रतिक्रिया दिनुहोस्