A vertical shot of the black cat in the dark darkness

६० बर्षे पुरानो ढाक्रे जीवनशैलीको कथामा ‘ए ढाक्रे दाई’


नेपालको करिव ६० बर्ष अगाडीको ढाक्रे जीवनशैलीमा आधारित रहेको निर्माण भएको चलचित्र ‘ए ढाक्रे दाई’ ले रिलिज मिति तय गरेको छ। निर्माण टिमले पोष्टर सार्वजनिक गर्दै साउन ५ गतेलाई प्रदर्शन मिति तय गरेको हो। नेपालमा ६० बर्ष अगाडी ग्रामिण जनजीवन कस्तो रहेको थियो भन्ने कुरा अहिलेका युवापुस्तालाई बुझाउन आवश्यक रहेको र त्यहि कुरा चलचित्रमा उठान गरेको निर्माण टिमले जानकारी दिएको छ। निरन्जन कसजू (माईला) को निर्माण र निर्देशनमा चलचित्र निर्माण भएको हो।

ध्रुव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजा लगायतको अभिनय रहेको चलचित्रमा सुमन थापा र विनोद चौधरीको छायांकन, सुरेश सेन्चुरीको संगीत, एन के एम र तेजप्रसाद पाण्डेको शब्द, विजय पोखरेल र विनोद चौधरीको सम्पादन, लोकेन्द्र शाह र एन के एमको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्