A vertical shot of the black cat in the dark darkness

‘लक्का जवान बैशाख २३ मै रिलिज हुन्छ’- शिवहरी पौडेल


कोरोना कहरले रिलिज रोकिएको चलचित्र ‘लक्का जवान’ ले कोरोनाको दोश्रो लहार पछी २०७९ को बैशाख २३ लाई रिलिज मिति तय गरेको छ। शिवहरी पौडेलको निर्देशनमा तयार भएको चलचित्रको सोहि रिलिज मितिमा केहि समय अगाडी चलचित्र ‘कबड्डी ४’ ले रिलिज मिति घोषणा गर्यो । दुवै चलचित्र नेपाली चलचित्र निर्माता र दर्शकको हिसावले अपेक्षित चलचित्र रहेका छन् । एकै मितिमा दुवै चलचित्र रिलिज हुदा पक्कै दुवैलाई बेफाइदा नै हुनेछ। चलचित्र निर्देशक शिवहरी पौडेलले चलचित्र बैशाख २३ गते नै रिलिज हुने बताएका छन् ।

शिवहरी भन्छन्, ‘कोरोना कहरको कारण हामीले लामो समय चलचित्रलाई रिलिज गर्न सकेनौ। हामीले बैशाख २३ गतेलाई रिलिज मिति तय गरेका छौ । यहि मितिमा नै हामी दर्शक माझ आउनेछौ।’

उनले बैशाख महिनाको सुरुवात देखि चलचित्रको प्रमोशन सुरु गर्ने बताए । चलचित्रमा दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, बर्षा शिवाकोटी, किरण केसी, राजाराम पौडेल, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्