प्रिमियरमा प्रसंशा बटुलेको ‘परस्त्री’ आजबाट रिलिज , भारतमा भोलिबाट प्रदर्शन हुने


शुक्रबार बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परस्त्री’ बिहिबार (आज) बाट नै रिलिज भएको छ। नेपाली चलचित्र बजार सुस्ताएको बेला व्यापारमा उछाल ल्याउने सोचका साथ चलचित्र रिलिज भएको छ। शुक्रबार रिलिज तयारीमा रहेको चलचित्र बिहिबार बिदाको अवसर परेर रिलिज भएको हो। बकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। बलिउड चलचित्र ‘सत्यप्रेम की कथा’ बिहिबारबाट नै प्रदर्शनमा भएपछि परस्त्री रिलिज पनि बिहिबार सरेको हो। बुधबार चलचित्र रेड कार्पेट प्रिमियर राखिएको थियो ।

क्राइम सस्पेन्स थ्रिलर चलचित्रले प्रिमियरमा दर्शकको मन जित्न सफल भएको थियो । डेव्यु निर्देशकको रुपमा सुरज पाण्डेले मन जितेको प्रतिक्रिया प्रिमियरमा सहभागीले दिएका छन् । सोहि प्रतिक्रिया र दर्शकको साथ हलमा पाउने अपेक्षा चलचित्रको टिमले गरेको छ। चलचित्रको कथावस्तु, छायाकन र कलाकारको अभिनय प्रिमियरमा सहभागीले खुलेर प्रशंसा गरे। शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपानेको अभिनय रहेको छ । चलचित्रको कथा दिपेन्द्र के खनालले लेखेका छन् । हिन्दि भाषामा सेट रिलिज तयारीमा चलचित्र रहेको छ । हिन्दि डब गरिएको चलचित्र भारतमा भोलिबाट रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्