चलचित्र निर्माण र अभिनयमा सागर , हिरोइन देखि निर्देशक किन लुकाए ?


चलचित्र बाट अभिनय सुरु गरेर हाँस्य टेलिश्रृंखला भद्रगोल र सक्किगोनीबाट चर्चामा रहेको नाम हो , सागर लम्साल ‘बले’ । म्युजिक भिडीयो क्षेत्रमा पनि रुचाइएका सागर आँफै होम प्रोडक्सन बले इन्टरटेन्मेन्टमा म्युजिक भिडियो निर्माणमा समेत सक्रिय रहेका छन्। उनै सागर अब चलचित्र निर्माणमा पनि होमिने भएका छन्। बले इन्टरटेन्मेन्टको प्रस्तुतीमा निर्माण हुने चलचित्रको स्क्रिप्ट यतिबेला लेखन कार्य भैरहेको छ।

चलचित्रको वान लाइन स्टोरी तयार रहेको र त्यसमै ५ जना लेखक मिलेर चलचित्रको कथा तयार पारिरहेको सागरले हामीलाई जानकारी दिए । सागर भन्छन् ,’ चलचित्रको पहिलो हतियार नै स्क्रिप्ट हो। स्क्रिप्ट बलियो भएमा चलचित्र राम्रो बन्ने हो। अहिले चलचित्रको कथा ५ जना राइटर मिलेर लेखिरहनु भएको छ। अब केहि एपिसोड सक्किगोनी खिचेर म पनि कथालाई मुर्त रुप दिन टिममा जोडिने छु। ‘
चलचित्रमा सागर मुख्य भूमिकामा रहेनछन्। यहि बर्षको अन्तिममा सुटिङ्ग सुरुवात गर्ने सोचमा बले रहेका छन् । उनले चलचित्रको निर्देशक, हिरोइन र अन्य कुरा भने चलचित्रको कथा तयार भएपछि जानकारी दिने बताए ।

प्रतिक्रिया दिनुहोस्