रेखा फिल्म्स बाट एलिना चौहानको पार्श्व गायनमा डेव्यु , पुजा र रेखा मुख्य भूमिकामा


रेखा फिल्म्सको व्यानरमा निर्माण हुने नयाँ चलचित्रको पहिलो गीत रेकर्डिङ गरिएको छ। सोमबार शंकर अधिकारी घायलको शब्द, बाबुल गिरिको संगीत र एलिना चौहान र बाबुलको स्वर रहने गीतको रेकर्डिङ गरिएको हो। गुरु पुर्णिमाको अवसर पारेर रेकर्ड गरिएको गीत रेकर्डको क्रममा रेकर्डिङ स्टुडियोमा निर्देशक ज्ञानेन्द्र देउजा र निर्माता एवं अभिनेत्री रेखा थापा उपस्थित थिए । पछिल्लो पुस्ताकी सफल गायिका एलिनाको पार्श्व गायनमा डेव्यु हो। रेखाले आफ्नो कम्पनीले सधै नयाँ प्रतिभालाई अवसर दिदै आएको र एलिनाको पार्श्व गायनमा उज्ज्वल भविष्य देखेको बताएकी छिन्।

एलिनाले पहिलो पटक चलचित्रमा गीत गाउने अवसर पाउँदा आफु उत्साहित र नर्भस रहेको प्रतिक्रिया दिएकी छिन् । रचनाकार शंकर अधिकारी घायलसँग पनि रेखाले सुपरहिट गीतमा सहकार्य गरेकी छन् । चलचित्र ‘अन्दाज’ मा घायलले ‘सिम्पल सिम्पल कान्छी’ सृजना गरेका हुन् । रेखा फेरी सोही इतिहास दोहोरिनेमा आशावादी छिन् । नाम तय नभएको चलचित्रको बाँकी तीन वटा गीतहरुमा संगीतकार अर्जुन पोखरेलले संगीत सृजना गर्दैछन् । साउनको दोश्रो साताबाट छायाँकन सुरु गर्ने तयारी भएको चलचित्रमा रेखा थापा र पुजा शर्मा मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्