बगान ट्रेलर: मनछुने संवादको साथमा आमाको विवाह गराउन छोरीले गरेको संघर्षको कथा


सरोज खनालको निर्देशनमा तयार भएको चलचित्र ‘बगान’ को ट्रेलर सार्वजनिक भएको छ। एकल महिलाको पुनर्विवाहमा केन्द्रित रहेको चलचित्रको ट्रेलर बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो। आमाको विवाह गर्न लागी परेकी छोरी र त्यसमा समाज र परिवारले ल्याउने बाधा ट्रेलरको मुख्य सार रहेको छ। करिश्मा मानन्धर र प्रमिला कार्की आमा-छोरीको भूमिकामा देखिएका छन्।

ट्रेलरमा मनछुने र सशक्त संवादको प्रयोग गरिएको छ। एकल महिला शशक्तिकरणको अभियानमा हिडेकी करिश्माले परिवार भित्र नै गर्नुपरेको संघर्ष आम नेपाली समाजको चित्रण हो। सरोज खनालसंगको भेटपछि करिश्माको जीवनमा आएको परिवर्तन एक्लोपनको अभावमा कसैको आगमनले भर्न खोजेको पूर्णता हो। सरोज खनालको डेव्यु निर्देशनमा बनेको यो चलचित्रको ट्रेलर मर्मस्पर्शी र सशक्त रहेको छ। चलचित्रको ट्रेलरमा मिथिला शर्मा, निर शाह र आकाश श्रेष्ठलाई प्रस्तुत गरिएको छ।


देशभरका एकल महिलालाई चलचित्र निशुल्क देखाउने निर्माण टिमले घोषणा समेत गरेको छ । देशभर झन्डै १५ लाख एकल महिला रहेको र सबैलाई निशुक्ल देखाउने निर्देशक खनालले बताए।

नेपाली वेबसाइट डटकमसँग केबी फिल्म्सको सहकार्यमा बनेको चलचित्र स्वप्न नीरवको कथामा आधारित रहेको छ । चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्