‘ऐँचो पैँचो’ को दमदार टिजर, राजनीति र प्रेमको कथा


स्वस्तिमा खड्का र बर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्र ‘ऐँचो पैँचो’ को टिजर सार्वजनिक भएको छ । कृषा चौलागाईको डेव्यु निर्देशनमा तयार भएको चलचित्र टिजर निकै आकर्षक देखिएको छ । चलचित्रको टिजरले राजनीति र प्रेमको कथालाई उठान गरेको देखिन्छ।

संवादरहित टिजरको ब्याकग्राउण्ड म्युजिक निकै सशक्त देखिएको छ। माला लगाएका मुकुन भुषालबाट सुरुवात भएको चलचित्र टिजर स्वस्तिमाले आफैलाई रंग लगाएको दृश्य निकै बलियो देखिएको छ ।

भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा सुशिल सिटौला, कोशिश क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायत अभिनय रहेको छ। केपी फिल्मस्को प्रस्तुति रहेको चलचित्रमा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाईं सह-निर्माता रहेको छन्। चलचित्रमा अभिमन्यु निरवीको कथा, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पार्श्व संगीत र पुरुषोत्तम प्रधनाको छायाँकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्