अन्तरजातीय प्रेम कथामा ‘श्रद्धा–सुमन’


अन्तरजातीय प्रेम कथामा नयाँ चलचित्र निर्माणको घोषणा भएको छ । के.डी प्रशितको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ‘श्रद्धा–सुमन’ को आजबाट बन्दिपुरमा वर्कशप सुरु भएको छ । के.डी फिल्मस् प्रालिको पहिलो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो चलचित्रलाई अमर सिंह खातीले निर्माण गर्दैछन् । सोनिया नेपाली र सुप्रिया सिंह खाती चलचित्रको प्रस्तुतकर्तामा रहेका छन् । चलचित्रमा दीपक अधिकारी र आकांक्षा तामाङ शिर्ष भूमिकामा देखिदैछन् । एक ब्रम्हाण यूवक र एक तामाङ यूवतीको प्रेम कथामा चलचित्र निर्माण हुनेछ।

चलचित्रमा कमलमणी नेपाल, सुवर्ण बस्ताकोटी, सुरविर पण्डित, विमल पौडेलको मुख्य भुमिका रहनेछ । भदौ १५ गतेबाट छायांकन सुरु गर्ने तयारीमा रहेको चलचित्रलाई उत्सव दाहालले खिच्नेछन्। चलचित्रको छायांकन बन्दिपुर, चितवन, पोखरामा हुनेछ । साथै, नेपाल बाहिर पनि यो चलचित्रको छायांकन गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्