A vertical shot of the black cat in the dark darkness

सरोज र करिश्माको ‘बगान’ रिलिज


सरोज खनालको निर्देशनमा तयार भएको चलचित्र ‘बगान’ आजबाट रिलिज भएको छ। सफल अभिनेताको रुपमा धेरै बर्ष काम गरेका सरोजको यो डेव्यु निर्देशन हो। डेव्यु निर्देशकीयमा उनको यो परिक्षा रहनेछ। एक महिलाले आफ्नो सन्तान हुर्काउन र जीवन अगाडी बढाउन गर्ने संघर्ष र छोरीले आमाको विवाह गराउन गर्ने संघर्षको वरिपरि चलचित्रको कथा घुमेको छ।

प्रिमियरमा सेलिब्रेटी देखि राजनीतिज्ञ सम्मले तारिफ गरेको चलचित्रले हलमा अपेक्षाकृत व्यापार गर्ने आंकलन गरिएको छ। करिश्मा मानन्धर र प्रमिला कार्की मुख्य भूमिकामा प्रस्तुत भएको चलचित्रका डाइलग निकै मर्मस्पर्शी रहेका छन्। नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल, आकाश श्रेष्ठ लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ । ‘बगान’ एकल महिलाको कथामाथि निर्माण भएकाले निर्माण टिमले एकल महिलालाई निःशुल्क देखाउने निर्णय पनि गरेको छ । यसका लागि सरकारद्वारा जारी पत्र लिएर हल जानुपर्नेछ ।

नेपाली वेबसाइट डटकमसँग केबी फिल्म्सले सहकार्य गरेको ‘बगान’को निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर रहेका छन्। गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भीएफएक्स, रेनिश फागोको कलर करेक्शन तथा सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर छ ।

प्रतिक्रिया दिनुहोस्