सारुकको आत्महत्या प्रकरणमा प्रहरीको अनुसन्धान जारी, बुधबार दिप प्रज्वलन


अभिनेता सारुक ताम्राकारको आत्महत्याको बिषयले नेपाली चलचित्र क्षेत्र अझै स्तब्ध रहेको छ । दिनभरी चलचित्र सुटिङ्ग गरेर घर पुगेका सारुकले किन त्यस्तो निर्णय लिए भन्ने बिषय अझै गर्भमा रहेको छ । सारुकको आत्माहत्या पछाडी अनेकन बिषय सार्वजनिक भैरहेका छन् । मसानघाटमा पूजा गरेर कालो बोका काटेर बुटी बाधेको देखि सुटिङ्ग सेटमा दिनहु पर्ने झगडा सम्मका कथा सार्वजनिक भैरहेका छन् ।

अभिनेत्री नम्रता श्रेष्ठले आफ्ना चिनजानका एक गुरुसाथ लिएर दोलालघाटमा लगेर पूजा गराएको र बुटी बाँधेको खबर निर्देशक स्वयम्ले सार्वजनिक परेपछि यो बिषयले झन् चर्चा पाएको छ । सालिन अनि शान्त स्वभावका अभिनेताको परिचय पाएका सारुकले चलचित्रको सिन पछी अभिनेत्रीसंग गरेको झगडा देखि सुटिङ्ग सेटमा युनिटसंगको झगडाका खबर पनि सार्वजनिक भैसकेको छ । अभिनेत्री मलिना जोशीले त उनको आत्महत्या प्रकरणलाई लिएर अनेकन प्रश्न सामाजिक संजालमा उठाएकी थिइन् । सृष्टि श्रेष्ठले पनि उनको न्यायको आवाज उठाईरहेकी छिन् । साथीभाई र बिशेष गरि आफ्ना महिला मित्रसंग उनले किन सम्बन्ध तोडे भन्ने प्रश्न मलिना लगायत उनका साथीहरुले उठाईरहेका छन् ।

चलचित्र कलाकार संघ नेपालले पनि सारुकको आत्माहत्या प्रकरणको अनुसन्धानको माग गरिसकेको छ । यहि बीचमा प्रहरीले उनको आत्महत्या प्रकरणको अनुसन्धान अगाडी बढाईरहेको छ । घरमा नै आफ्नो ज्यान लिएका सारुकले आत्माहत्या गरेको रिपोर्टसंगै उनको अन्तेष्टि गरिएको थियो । प्रहरीले उनको मोबाईल परिक्षणका लागी फोरेन्सिक ल्याब लगिसकेको छ । मोबाइलको फोरेन्सिक ल्याब रिपोर्ट आउन केहि समय लाग्ने बताईएको छ । प्रहरीले रातोपुल स्थिति उनको घरको सिसिटिभी फुटेज पनि लागेको छ । फुटेजको अनुसन्धान गर्ने तयारीमा प्रहरी रहेको छ । यसबाट उक्त दिन के के घटना घटेका थिए भन्ने अनुसन्धान प्रहरीले गर्नेछ ।
यो संगै सारुकको सम्झनामा बौध स्तुपामा दिप प्रज्जवलन गरिने भएको छ । सारुकको न्यायको लागी आवाज उठाईरहेका उनका साथीभाई र चलचित्रकर्मी उक्त कार्यक्रममा सहभागी हुने भएका छन् । मलिना जोशी, शृष्टि श्रेष्ठ, मनिष श्रेष्ठ लगायतले सामजिक संजाल मार्फत सारुकको सम्झनामा उक्त कार्यक्रममा सहभागी हुन् सबैलाई अपिल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्