धिरज र आंचलको पहिलो सहकार्य ,‘पञ्चामृत’ मा साथ देखिदै


नायक धिरज मगर र नायिका आंचल शर्माले पहिलोपटक स्क्रिन शेयर गर्ने भएका छन्। मुस्कान ढकालको निर्देशनमा तयार हुने चलचित्र ‘पञ्चामृत’ मा धिरज र आंचलले पहिलोपटक सहकार्य गर्न लागेका हुन्। मुस्कान करिव ५ बर्षपछि निर्देशनमा फर्कन लागेका हुन्।

चलचित्रमा सौगात मल्ल, निरुता सिंह, विपना थापा, उत्तम प्रधान र मिथिला शर्मा अनुबन्धित भैसकेका छन्। भदौबाट चलचित्रको छायांकन सुरु गर्ने तयारीमा रहेको छ । आध्यात्मिक-लभस्टोरी कथावस्तुमा बन्न लागेको चलचित्र तीनवटा च्याप्टरमा निर्माण हुनेछ । त्यसमध्ये बीच भागको निर्माण यसपटक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्