A vertical shot of the black cat in the dark darkness

डान्सिङ स्टार छिरिङ शेर्पा दयाहाङको ‘कर्साङ्ग’ मा नायिका


टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’ की विजेता छिरिङ्ग शेर्पाले नेपाली चलचित्रमा डेव्यु गर्ने भएकी छिन् । केहि शेर्पा भाषाका चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी छिरिङ्ग यम शेर्पाको निर्देशनमा तयार हुन् लागेको च्लाचित्रा ‘कर्साङ्ग’ मा अभिनय गर्ने पक्का भएको हो। यो चलचित्रमा दयाहाङ राई र बुद्धि तामाङ्ग अनुबन्धित भैसेकेका छन्। छिरिङले विश्वकै सर्वाधिक उचाईमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम राखेकी छन् । उनले ५६ सय मिटरको उचाईमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी थिइन् ।


यार्सा फिल्म्स्को ब्यानरमा बन्न लागेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहने छ । प्रधान यो चलचित्रका निर्माता समेत हुन् । शेर्पा जातीको सामाजिक कथाबस्तुमा निर्माण हुने चलचित्र बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा खिचिने छ ।

प्रतिक्रिया दिनुहोस्