दिवाकरको ‘हनी बनी’ मा अनमोल र सलोन


निर्देशक दिवाकार भट्टराईको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘हनी बनी’ मा मुख्य नायकको रुपमा नायक अनमोल केसी अनुबन्धित भएका छन् । लभ स्टोरी जनराको चलचित्रमा केहि दिन अगाडी अनमोल अनुबन्धित भएका हुन् ।

अनमोल पश्चात चलचित्रमा अर्का चर्चित कलाकार सलोन बस्नेत अनुबन्धित भएका छन् । अनमोल र सलोन लगातार चलचित्रमा सहकार्य गरिरहेका छन् । औपचारिक जानकारी निर्माण टिमले नदिए पनि चलचित्रमा जसिता गुरुङ्ग अभिनेत्रीको रुपमा रहने चर्चा रहेको छ। पछिल्लो पुस्तामा जसितालाई सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरिदै आएको छ ।

चलचित्रमा निर्माताको रुपमा अमित बस्नेत, अजित केआर थापा र परी राना रहेका छन् भने कार्यकारी निर्मातामा अंकित गौतम छन् । मार्चबाट बेलायतमा छायांकन तयारीमा रहेको चलचित्रको बजेट अनुमानीत ७ करोड पुग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्