स्वस्तिमा र बर्षालाई ‘ऐंचो पैंचो’ किन हिट हुनपर्छ ?


अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समयकी सर्वाधिक चर्चामा रहने अभिनेत्री हुन्। चलचित्र, विज्ञापन देखि ब्रान्डसम्म उनको उच्च डिमाण्ड रहेको छ। स्वस्तिमा अभिनित ३ चलचित्र रिलिजको तयारीमा रहेका छन्। यो बर्षको उनको पहिलो रिलिज ‘ऐंचो पैंचो’ भाद्र १४ गतेबाट रिलिज हुदैछ। यो चलचित्र स्वस्तिमाको लागि चल्न आवश्यक रहेको छ। सफलताको उचाईमा रहदा उनका केहि चलचित्र बक्स अफिसमा असफल बनेका छन्। ‘चपली हाइट ३’, ‘चिसो मान्छे’ बक्स अफिसमा असफल भएका छन् । सोहि कारण पनि अभिनेत्री खड्कालाई यो चलचित्र बक्स अफिसमा चल्नु पर्ने दवाव रहेको छ।


यस्तै दवाव अभिनेत्री बर्षा राउतलाई पनि रहेको छ। बर्षा पछिल्लो समय कम चलचित्रमा देखिदै आएकी छिन्। उनको पछिल्लो रिलिज चलचित्र ‘के घर के डेरा’ बक्स अफिसमा सफल देखिएपनी यो मल्टिस्टार चलचित्र रहेको थियो। बर्षा ‘ऐंचो पैंचो’ की अर्की मुख्य अभिनेत्री हुन्। दर्शकको राम्रो साथ पाएकी बर्षाका लागी यो चलचित्र चल्न आवश्यक रहेको छ। यो चलचित्र चलेमा उनको चलचित्र व्यस्तता बढ्न सक्नेछ । बर्षा र स्वस्तिमाले साथ ‘छक्का पन्जा’ सिरिजमा सहकार्य गरेका थिए। यो चलचित्र बक्स अफिसमा सफल ठहरिएको थियो। दोश्रो सहकार्य पनि चल्नेमा यी दुवैको विश्वास रहेको छ।

कृषा चौलागाईको डेव्यु निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुषाल र सुशील सिटौलाको पनि अभिनय रहेको छ। दुवै अभिनयमा पोख्त कलाकार हुन्। तर फेस भ्यालु चलचित्रमा बर्षा र स्वस्तिमा नै रहेका छन्। सोहि कारण पनि चलचित्रको सफलता र असफलता दुवैको क्रेडिट थोरबहुत यिनै अभिनेत्रीको हातमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्