‘मरो चाइल्ड स्टार सलोन बस्नेत’- केकी अधिकारी


अभिनेता सलोन बस्नेतले बाल कलाकार देखि आफ्नो अभिनय यात्राको सुरुवात गरेका हुन् । नेपाली चलचित्र क्षेत्रमा निरन्तर काम गरिरहेको बस्नेत परिवारको दोश्रो पुस्ताका कलाकार हुन्, सलोन। बाल कलाकारको रुपमा सलोनले धेरै प्रेम बटुलेका छन्।

अभिनेत्री केकी अधिकारी र सलोन मुख्य भूमिकामा रहेको चलचित्र ‘जय हो’ भदौ ८ गतेबाट रिलिज हुदैछ। दुवैको यो पहिलो चलचित्र हो। केकीले पहिलो सहकार्य भए पनि सलोन काम गर्न अत्यन्त सहज कलाकारको रुपमा पाएको बताईन्। उनले सलोन आफ्नो ‘चाइल्ड स्टार’ रहेको बताएकी छिन्। पुरानो दिन स्मरण गर्दै केकीले सलोनको चलचित्र र अन्तर्वार्ता आफु होस्टल बस्दा हेर्ने गरेको बताइन्। सलोनले राजेश हमालको लागी बोलेका डाइलग र शब्द स्मरण गर्दै उनले होस्टलमा चाइल्ड स्टार मानेको व्यक्तीसंग काम गर्दा निकै रमाइलो भएको बताईन्। त्यस्तै सलोनले केकीको व्यवसायिकता गुण राम्रो रहेको भन्दै तारिफ गरे ।

प्रतिक्रिया दिनुहोस्