कर्ण र कमलाको ‘लुकी लुकी’ मा पलसँग इभा


कर्णराज गिरी र कमला रेग्मीको स्वरमा रहेको नयाँ गीत ‘लुकी लुकी’ सार्वजनिक भएको छ । दीपक प्रसाद ओलीको शब्द र अर्जुन पोखरेलको संगीत गीतमा रहेको छ ।

डान्सिङ नम्बरको गीतको भिडियोमा पल शाह र इभा गिरी फिचर्ड रहेका छन् । विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा पवन सुस्लिङ्गको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर करेक्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्