भ्यालेन्टाइनमा दर्शकका लागी पल-पूजाको उपहार


आज फेब्रुअरी १४ अर्थात् प्रेम दिवस । प्रेमको प्रतिक सप्ताहको रुपमा रहेको यो समय प्रेम जोडीले आफ्नो प्रेमसाट्ने र अभिव्यक्त गर्ने गरेका छन्। प्रेम दिवसको अवसर चलचित्र ‘म यस्तो गीत गाउँछु २’ चलचित्रले दर्शकको लागी नयाँ गीत सार्वजनिक गरेको छ । पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्रको ‘आफ्नै सम्झी परेली’ बोलको गीतको रोमान्टिक भिडियो सार्वजनिक गरेको छ ।

सुरेश लामा र अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा अर्जुन पोख्रेलको संगीत रहेको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र फागुन १३ गतेबाट प्रदर्शन हुदैछ। लामो समयपछी रिलिजको तयारीमा रहेको चलचित्रले दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्