‘एक भगवत् गीता’ सेटमा धिरज र सुहाना


भदौ २९ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’ को छायांकन यतिबेला धमाधम भइरहेको छ। कास्कीको खुमाइडाँडामा चलचित्रको गीत र केहि दृश्यको छायांकन भैरहेको छ।

आगामी बुधबारसम्म चलचित्रको सम्पूर्ण छायांकन सक्ने लक्ष्य निर्माण टिमले राखेको छ । अभिनेत्री सुहाना थापा, अभिनेता धिरज मगर र अन्य कलाकार चलचित्रको सुटिङ्ग सेटमा रहेका छन्।

नायक विपिन कार्की चाडै सेट ज्वाइन गर्ने तयारीमा रहेका छन्। सुटिङ्गका पृष्ठभूमि निकै आकर्षक देखिएको छ। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको चलचित्रलाई झरना थापाले निर्देशन गर्दैछिन्।

प्रतिक्रिया दिनुहोस्