राजेश र निरुताको ’हजुर मुसुक्कै’ (भिडियो)


नेपाली चलचित्र क्षेत्रका दुई अब्बल कलाकार महानायक राजेश हमाल र अभिनेत्री निरुता सिंहले १२ बर्षपछी संगै सहकार्य गरेका छन्। दुवैले ‘हजुर मुसुक्कै’ बोलको गीतको म्युजिक भिडियोमा संगै सहकार्य गरेका हुन् । निरुता सिंहको यो पहिलो म्युजिक भिडियो हो। गृहमन्त्री बालकृष्ण खांडको प्रमुख आतिथ्यतामा भिडियो रिलिज कार्यक्रम राखिएको थियो।

सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा कृष्ण बिक र रचना रिमालको आवाज रहेको छ। निकै आकर्षक भिडियोलाई जीबी आग्रीले निर्देशन गरेका छन् । भिडियोमा संजया लामाको छायांकन र कविराज गहतराजको कोरियोग्राफी निकै उत्कृष्ट रहेको छ। राजेश र निरुताको साथमा भिडियोमा प्रियाना आचार्य र प्रिन्स विश्वकर्मा फिचर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्