A vertical shot of the black cat in the dark darkness

‘वानर सेना’ को गीतमा अर्पण र आरजुको प्रेमभाव


चलचित्र ‘वानर सेना’ को पहिलो गीत सार्वजनिक भएको छ। अर्पण गिरिको शब्द रचना र स्वर रहेको गीतमा जोन तामाङ्गको संगीत रहेको छ। अर्पण गिरी (अरमान जंग) को निर्देशनमा तयार भएको चलचित्रमा उनको नै मुख्य भूमिका रहेको छ। सार्वजनिक गीतको भिडियोमा अर्पणको साथमा अभिनेत्री आरजु प्रसाई फिचर्ड रहेकी छिन् ।

असोज २६ गतेबाट रिलिज हुने चलचित्र गिरि ग्राण्ड फिल्म्सको प्रस्तुतीमा बनेको हो। चलचित्रमा किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ लगायतको पनि अभिनय छ ।

कामेश्वर चौरासिया र तेजस्वी बाँस्कोटा विशेष भूमिकामा रहेका छन्। युवराज गिरि चलचित्रको निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्