A vertical shot of the black cat in the dark darkness

कलेजका विद्यार्थीसंग भेटघाट बढाउदै ‘ऐंचौ पैंचो’ टीम


भदौ १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ऐंचौ पैंचो’ ले आफ्नो प्रमोशन सुरुवात गरेको छ। कृषा चौलागाईको निर्देशनमा तयार भएको चलचित्रले कलेजका बिद्यार्थीसंग भेटघाट गर्दै आफ्नो औपचारिक प्रमोशनको सुरुवात गरेको हो।

बुधबार चलचित्रका मुख्य कलाकारहरु राजाराम पौडेल, सुशील सिटौला र सारदा गिरी (काली बुढी) ले काठमाडौंको टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा उपस्थिति जनाएर विद्यार्थीहरुलाई चलचित्र हेर्न निम्तो दिएका थिए । चलचित्रमा समावेश ‘काले केटाले’ गीतमा कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

विद्यार्थीसंग चलचित्रको बारेमा निर्माण टिमले अन्तरक्रियासमेत गरेको थियो। चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, रमेश बुढाथोकी, बुद्धि तामाङ, रविन्द्र झा, कोशिस क्षेत्री, विशाल पहारी लगायतको अभिनय रहेको छ । केपी फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा प्रितम लामिछाने र आध्या लामिछाने निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्