‘एक भगवत् गीता’: पहिलो गीतमा धिरज र सुहानाको केमेष्ट्री कस्तो देखियो ?


भदौ २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘मायालाई चिनो’ बोलको गीतमा शंकर अधिकारी घायलको शब्द रचना, बाबुल गिरीको एरेञ्ज, संगीत तथा स्वर रहेको छ।

दुई फरक समुदायका धिरज र सुहानाको लभ केमेष्ट्री भिडियोमा देखाइएको छ। कविराज गहतराजको कोरियोग्राफी तथा संकल्प भुजेलको डिओपी रहेको गीत कास्कीका रमणीय स्थानमा खिचिएको छ । भिडियोमा धिरज र सुहानाको केमेष्ट्री आकर्षक देखिएको छ।

अन्तरजातीय प्रेमकथामा आधारित रहेको चलचित्रमा धिरज र सुहानाको साथमा विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको अभिनय रहेको छ । विपिन कार्की चलचित्रको सार्वजनिक पोष्टर र टिजरमा सशक्त देखिएका छन्।

झरना थापाको निर्देशनमा तयार भएको चलचित्रको कन्सेप्ट सुहाना थापाको र कथा निर्देशक झरनाको रहेको छ। सुनिल कुमार थापाले चलचित्रको निर्माण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्