एम्पाएर एजुकेशनसंग अनमोलको सहकार्य


पपुलर अभिनेता अनमोल केसी एम्पाएर इन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेससँग जोडिएका छन् । एक वर्षको लागि अनुबन्धित भएका अनमोलले फोटोशुट , टिभीसी (टेलिभिजन कमर्सियल ) सँगै एम्पाएरले गर्ने विभिन्न सचेतना मुलक शैक्षिक इभेन्टमा सहभागी हुनेछन्। उनले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई एम्पाएरको तर्फबाट सहि सूचना पुर्याउने छन् । अनमोलले एम्पाएरको लागि फोटोशुटसँगै केहि दिन अगाडी मात्र टिभीसी शुट गरिसकेका छन् । उनको टिभीसीलाई शैक्षिक शैलीमा तयार गरिएको सञ्चारकर्मी तथा निर्देशक कुवेर डंगोलले बताए । केहि समय अगाडी डंगोलसँगै फोटोशुट सम्पन्न गरेका अनमोलले काम टिभीसीको काम पनि सकाएका हुन् ।

‘हामीले टिभीएडको लागि २५ सेकेण्ड लम्बाई रहेको भिडियो तयार पारेका छौँ । यहाँ अस्ट्रेलिया पढ्न चाहने विद्यार्थीहरुको लागि छोटो संदेश छोडिएको छ ‘ निर्देशक डंगोलले भने । टिभीसीमा अनमोललाई क्याजुअल लुक्समै सरल तरिकाले प्रस्तुत गरिएको छ । एम्पाएरले विद्यार्थीलाई दिदै आएको सेवालाई ध्यानमा राख्दै टिभीसी तयार गरिएको निर्देशक डंगोलले जनाए । रंग पत्रकार राजन घिमिरेको कन्सेप्टमा तयार भएको टिभीसीमा उत्सव दाहालको छायांकन , विकास दाहालको सम्पादन तथा कलर रहेको छ ।

पछिल्लो पुस्तामा सबै भन्दा महंगा र डिमाण्ड भएका अभिनेताको रुपमा चिनिएका अनमोलले उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जाने विद्यार्थीहरुलाइ एम्पाएरसँग जोडिएको जानकारी शेयर गर्नेछन् । केहि समय यता विधिन्न ब्राण्डसँग जोडिएका अनमोलले आफ्नो फ्लोअर्स मार्फत विद्यार्थी माँझ सहि जानकारी पुर्याउने उदेश्यका साथ् एम्पाएरको ब्राण्ड एम्बेसडर बन्न तयार भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्