रेखाले ‘काउकुती’ निर्माण गर्ने, श्रद्धाले निर्देशन गर्ने


अभिनेत्री रेखा थापा पछिल्लो समय लगातार चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय देखिएकी छिन्। ‘माया भनेकै यस्तो होला’ निर्देशन सम्पन्न गरेकी रेखाको ‘क का कि की’ र ‘३६ को आँकडा’ रिलिजको तयारीमा रहेका छन्। सम्भव भएसम्म यी तिनै चलचित्र यहि बर्ष रिलिज हुनेछन्। यहि बीचमा रेखाले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छिन्। ‘काउकुती’ शिर्षकको चलचित्रमा उनकै प्रमुख भुमिका रहनेछ भने श्रद्धा प्रसाईले चलचित्रको निर्देशन गर्नेछिन्।

रेखा थापाले ‘काउकुती’ बनाउने, ‘कमेडी दरबार’की श्रद्धाले गर्दैछिन् निर्देशन। ‘कमेडी दरबारको निर्देशकको रुपमा रहेकी श्रद्धाले चलचित्र ‘ककाकिकी’ निर्देशन गरिसकेकी छिन्। । रेखाले गएको सोमबार साँझ भारतको उत्तराखण्डस्थित कैंची धाम (हिन्दू सन्त नीम करोली बाबाका कारण परिचित मन्दिर)मा विशेष पूजाआजा गरेकी थिइन् र मंगलबार औपचारिक घोषणा गरेकी हुन् । रेखाको यो चलचित्र आफ्नो ब्यानरको ८ औं चलचित्र हो।

चलचित्रमा रेखाको मुख्य अभिनय रहनेछ भने मुख्य अभिनेतामा नवअभिनेतालाई भित्राउने तयारी गरिएको छ । चलचित्रमा विक्की अग्रवाल र विनेश राईको कथा छ भने पटकथा विनेश स्वयंले तयार पारेका छन् । चलचित्रमा नवराज श्रेष्ठ र बलराम शाही ठकुरीको लगानी रहनेछ । बलराम रेखाका श्रीमान् समेत हुन् ।

आगामी असोजमा छायांकनको तयारी गरिएको चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ भने एउटा गीत चर्चित र्‍यापर लिल झोला (आकाश क्षेत्री) ले गाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्