नीताले सकिन् ‘पार्वती’ को छायांकन, भदौ १२ मा रिलिज हुँदै


नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निता ढुंगानाले निर्देशन गरेको चलचित्र ‘पार्वती’ को २२ दिनमा छायांकन सम्पन्न भएको छ। गत चैत २४ गते मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा शुभमुर्हूत गर्दै छायाँकन थालिएको थियो।
चलचित्रमा नीता ढुंगाना, दीपाश्री निरौला,अशोक दर्जी,सिरु बिष्ट,राधिका कँडेल,राज पंगेनी शर्मा,राजेन्द्र नेपाली,आशा पौडेल लगायतले अभिनय गरेका छन्। शिवम अधिकारीको स्क्रिप्ट रहेको चलचित्रमा निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको छ।

सुदिप बरालको डिओपी रहेको चलचित्रमा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्। यस चलचित्रमा प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे छन्। साथै निर्मातामा हरिहर अधिकारी छन्। चलचित्र भदौ १२ बाट रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्