‘ऐँचो पैँचो’ प्रचारमा निर्माण टिमले बढाएको व्यस्तता, उत्साहित कलाकार टिम


भदौ १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ऐँचो पैँचो’ ले आफ्नो प्रचारप्रसारमा तीव्रता दिएको छ। रिलिजको लागी केहि दिन मात्र बाँकी रहदा चलचित्रको प्रचारमा निर्माण टीम आक्रमक बनेको हो। चलचित्रका मुख्य दुई नायिका बर्षा राउत र स्वस्तिमा खड्का चलचित्रको प्रचारमा दौडधुप गरिरहेका छन्।

निर्देशक कृषा चौलागाई र कलाकार मुकुन भुषाल र सुशील सिटौला पनि चलचित्रको प्रचारमा व्यस्त रहेका छन्। मिडियामा अन्तर्वार्ता देखि कार्यक्रममा आफ्नो उपस्थिति सम्म कलाकारले चलचित्रको प्रचारका लागी कुनै कसर बाँकि राखेका छैनन्। चलचित्रलाई लिएर सम्पूर्ण टिम उत्साहित रहेका छन्।

राजनीतिक कथाको ट्रेलर सार्वजनिक गरेको निर्माण टिमले चलचित्र सामाजिक विषयवस्तुमा चलचित्र निर्माण भएको जानकारी गराउदै आएका छन्। चलचित्रको गीत, ट्रेलर दुवैले दर्शकमा उत्साह थपेको छ। निर्देशक कृषाको यो डेव्यु निर्देशन हो। लामो समय चलचित्र निर्माणको अनुभव लिएर उनि निर्देशनमा अगाडी सरेकी हुन्। नेपाली राजनीतिज्ञहरुले हेर्न पर्ने चलचित्रको रुपमा चलचित्रका कलाकार र निर्माण टिमले व्याख्या गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्