गौरव पहारीको ‘दुई कदम’ मङ्सिरमा रिलिज तय


गौरव पहारी मुख्य भूमिकामा रहेको चलचित्र ‘दुई कदम’ को रिलिज मिति घोषणा गरिएको छ। निर्माण टिमले चलचित्रको पोष्टर सार्वजनिक गर्दै मङ्सिर २९ गतेलाई रिलिज मिति तय गरेको हो। सार्वजनिक दुई पोष्टर मध्ये पहिलो एउटामा डेब्यू अभिनेता इओन लिम्बू र डेब्यू अभिनेत्री सिमोन गिरी रोमान्टिक भावमा देखिएका छन् भने अर्कोमा अभिनेता गौरव पहारी बन्दुक पड्काउँदै गरेको अवस्थामा देखिएका छन् भने उनको साथमा सिमोन छिन् ।

अजम्बरी फिल्म्सको प्रस्तुतिमा तारा देवी लिम्बूको निर्माण रहेको चलचित्रलाई उदय सुब्बाले निर्देशन गरेका छन्। चलचित्रमा सुनिल थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बू, प्रितिका शर्मा लगायतको अभिनय रहेको छ । चलचित्रको एक गीतमा अभिनेता विल्सन विक्रम राईको नृत्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्