A vertical shot of the black cat in the dark darkness

संचारमन्त्रीसंग प्रदिपको भेट, ‘प्रकाश’ को लागी बोर्डले व्यक्तिगत रिसइबी राख्यो


राष्ट्रपति कार्यलयमा मंगलबार चलचित्र बिकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कारको आयोजना गरेको थियो। सरकारी मिडिया बाहेक अरु मिडियालाई समाचार सम्प्रेसनको अनुमति नदिईएको यो कार्यक्रम यो पटक झनै विवादित बनेको छ। रोचक कुरा त के रह्यो भने राष्ट्रिय चलचित्र पुरस्कारबाट उत्कृष्ट चलचित्रको विधा नै गायब भयो ।

चलचित्रका अवार्ड र पुरस्कार समारोहमा यो विधालाई मुख्य र महत्वपूर्ण रुपमा लिईएको हुन्छ । तर यो बिचा नै गायब भएपछि अवार्ड विवादित बनेको हो । जुरीले चलचित्र ‘प्रकाश’ लाई उक्त विधामा सिफारिस गरेको थियो। तर सञ्चार तथा सूचना मन्त्रालयले सरकारमा रहेको माओवादीप्रति लक्षित गरेर चलचित्र बनेकाले नाम काटेर पठाएको चर्चा मिडियामा भैरहेको छ ।


प्रकाशबाट उत्कृष्ट निर्देशक र अभिनेत्रीको पुरस्कार हात पर्यो। तर चलचित्रको नाम काटिएको बिषय बाहिरीपछि अभिनेता प्रदिप खड्काले संचारमन्त्रलायमा पुगेर मन्त्रि रेखा शर्मालाइ भेटेका छन्। निर्माता सन्तोष शेन, प्रेम पुरी लगायतसंग पुगेर उनले मन्त्रिलाई भेटेका हुन्।

मन्त्रिसंगको भेटपछि उनले चलचित्र प्रति मन्त्रालयको कुनै डर नभएको प्रदिपले लेखेका छन् । उनले चलचित्रसंग सरकारको डर भन्दा पनि व्यक्तिगत रिसीईबि रिसइबी साँधिएको उल्लेख गरेका छन्। उनले चलचित्र बिकास बोर्ड अध्यक्ष भुवन केसी प्रति स्टाटस लक्षित गरिएको प्रष्ट देखिन्छ।

प्रतिक्रिया दिनुहोस्