बिहिबार ‘ऐंचो पैंचो’ लाई सुखद सुरुवात, दर्शक भेट्न हलमा कलाकार


जनैपूर्णिमा तथा गाईजात्राको विदाको अवसर पारेर बिहिबार बाट रिलिज भएको चलचित्र ‘ऐंचो पैंचो’ ले दर्शकको साथ पाएको छ। बिहिबार बिहानीको शोमा दर्शकको उपस्थिति अपेक्षा गरेजस्तो नभए पनि दिउँसोको शोमा भने ८० प्रतिशत सम्म अकुपेन्सी पुगेको छ। कृषा चौलागाई निर्देशित चलचित्रले मिश्रित प्रतिक्रिया बटुलीरहेको छ।

स्वस्तिमा खड्का, बर्षा राउत, मुकुन भुषाल, कोशिस क्षेत्री, सुशील सिटौला लगायतका कलाकारको अभिनय रहेको चलचित्रका दर्शक भेट्न कलाकार बिहिबार नै हलमा पुगेका थिए। स्वस्तिमा र बर्षा हलमा पुग्दा दर्शक झुमिएका थिए।


बिहिबारको अकुपेन्सीलाई हेरेर मल्टिप्लेक्समा चलचित्रको शोज बढेको बताइएको छ। दर्शकको प्रतिक्रियाले निर्माण टिम र कलाकार खुशी रहेका छन्। बिहिबारको प्रतिक्रियाले शुक्रबार र शनिबार दर्शकको साथ बढ्ने आंकलन गरिएको छ। चलचित्रमा समावेश ‘काले केटाले’ बोलको गीत सर्वत्र चर्चामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्