A vertical shot of the black cat in the dark darkness

‘गणपति’ हेरेर बर्षा भावुक, बिशेष शोमा मिल्यो यस्तो प्रतिक्रिया


भदौ १४ गतेबाट रिलिज भएको चलचित्र ‘गणपति’ को बिहिबार बिशेष शो राखिएको थियो। जनैपूर्णिमा र गाईजात्राको विदा पारेर रिलिज गरिएको चलचित्र प्रचार केहि सुस्त रहेको थियो। चर्को प्रचार नरहेको चलचित्रको सार्वजनिक प्रचार सामग्रीलाई भने दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए।

सविन अधिकारिको निर्देशनमा तयार भएको चलचित्रले बिशेष शोमा राम्रो प्रशंसा बटुलेको छ। अभिनेत्री बर्षा शिवाकोटीले चलचित्र मनछुने बनेको भनेर प्रतिक्रिया दिएकी छिन्। उनले हेरिरहेका चलचित्र भन्दा केहि फरक बनेको र आफ्नो मन छोएको प्रतिक्रिया दिएकी छिन्। उनले ५ मा चलचित्रलाई ४.५ रेटीङ्ग दिएकी थिइन्।

चलचित्रको कथाबस्तु र कलाकारको अभिनयले मन छोएको र धेरै ठाउ भावुक बनाएको बर्षाले बताएकी छिन्। मुकुन भुषाल आफ्नो चलचित्र हेरेर धेरै ठाउ आफै भावुक भएको बताएका छन्। रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेको चलचित्रमा मुकुनको साथमा मेनुका प्रधान, राजाराम पौडेल, देवेन्द्र बब्लु, कविता न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ। अभिनेत्री बर्षा शिवाकोटी एक गीतमा फिचर रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्