के ‘एक भगवत् गीता’ टिमसंग बिग्रिएको छ धिरजको सम्बन्ध ?


अभिनेता धिरज मगर नेपाली चलचित्र क्षेत्रमा डिमाण्ड मा रहेको नाम हो। ‘इन्टु मिन्टू लन्डनमा’ डेव्यु नायकले अभिनय गरेका ‘बाबरी’ र ‘ज्याकी: आइएम ट्वान्टी वान’ रिलिज भए। बक्स अफिसमा पहिलो चलचित्र बाहेकले कमाल गर्न सकेका छैनन्। त्यस अर्थमा पनि धिरजका लागी ‘एक भगवत गीता’ चल्न अत्यान्तै जरुरी रहेको छ। झरना थापा निर्देशित चलचित्रको चर्चा व्यापक रहेको छ । बिशेष गरि अभिनेता विपिन कार्कीको लुक्सले पोष्टर सार्वजनिक देखि नै चर्चा बटुलेको छ। ट्रेलर रिलिज पछि झन् विपिनले प्रशंसा बटुलेका छन्। चलचित्रमा धिरज मगरको जोडी सुहाना थापासंग बाधिएको छ।

चलचित्रको पहिलो रोजाईमा रहेका धिरजलाइ अनुबन्ध गर्ने देखि नै सकस निर्माण टिमलाई रहेको थियो। धेरै पटकको चर्चा पछि उनि चलचित्रमा जोडिएका थिए। आफ्ना लागी बक्स अफिस हिट जरुरी रहेको चलचित्रमा धिरजको लगाव भने कम देखिएको छ । उसो त मिडियामा आउन त्यति धेरै नरुचाउने धिरज संग टिमको सम्बन्ध सुमधुर नरहेको चर्चा चलिरहेको छ। यसको थप बल शुक्रबार गरिएको ट्रेलर रिलिज कार्यक्रममा उनको अनुपस्थितिले जनाएको छ।

चलचित्रको पहिलो प्रेस भेटघाटमा नै उनि अनुपस्थित रहेका थिए। निर्देशक झरना थापालाई सम्बन्ध चिसिएको बारेमा प्रश्न गरिएको थियो । उनले त्यस्तो केहि नभएको र धिरज अस्वस्था भएको कारण उपस्थित नभएको जानकारी झरनाले दिईन्। यता धिरज भने कुलेखानी घुम्न गएको सामाजिक संजालमा देखिन्छ । धिरजले आफ्नो सामजिक संजालमा पोष्ट नगरे पनि उनका साथीहरुको स्टोरीमा उनि देखिएका छन्। अव यसले धिरज र टिमबीचको असन्तुष्टि प्रष्ट देख्न सकिन्छ। यसको प्रभाव निर्माण टिमलाई भन्दा धिरजलाई बढी हुने देखिन्छ। चलचित्रको ट्रेलर सशक्त बनेको छ। बक्स अफिसमा हिट हुने आंकलन पक्का छ। भदौ २९ नजिकिदै गर्दा प्रमोशनमा उनको उपस्थिति हुने हो या हैन त्यो भने भोलिको दिनमा थाह होला।

प्रतिक्रिया दिनुहोस्