‘मायावी’ मार्फत कमब्याक गर्दै पल शाह , असोजबाट सुटिङ्ग


अभिनेता पल शाहको नेपाली चलचित्रमा कमब्याक पक्का भएको छ । दिवाकर भट्टराईको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘मायावी’ मा पल शाह मुख्य नायकको रुपमा अनुबन्धित भएका छन् ।

डेढ बर्षपछी पल चलचित्रमा देखिन लागेका हुन् । उनको कमब्याक चलचित्रमा दिपिका प्रसाई मुख्य नायिकाको रुपमा रहेका छन् । चलचित्रमा आशिर्वाद क्षेत्री जोडिएको खबर केहि समय अगाडी बाहिरिएको थियो । अझै एक नायक चलचित्र मा रहने बताईएको छ। क्रिएटिभ सिने आर्टसले निर्माण गर्ने चलचित्रले असोज २ गतेबाट पोखरामा छायांकन सुरुवात गर्दैछ।

प्रतिक्रिया दिनुहोस्