चलचित्र विकास बोर्डले किन दिएन ‘एक भगवत् गीता’ लाई सेन्सर अनुमती ?


भदौ २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’ लाई सेन्सर सिफारिस दिन तत्कालका लागी चलचित्र विकास बोर्डले अस्विकार गरेको छ। केही धार्मिक संघसंस्थाले चलचित्रको शीर्षक र विषयवस्तुलाई लिएर विरोध जनाइरहेका छन् ।


बिहीबार बोर्डको अगुवाइमा चलचित्रका निर्माता सुनिलकुमार थापा तथा विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ, जगतगुरु आश्रम लगायत १३ संस्था आबद्ध हिन्दु जागरण नेपालका प्रतिनिधिबीच भएको छलफल निष्कर्षमा पुग्न सकेन । धार्मिक संघसस्थाले चलचित्रको शिर्षक र पात्रले सनातन धर्ममाथी चोट पुर्याएको आरोप लगाउदै चलचित्रको प्रदर्शन रोक्न माग राखेका थिए ।

निर्माणटिमले भने सरकारी निकायको स्विकृति दिएर चलचित्रको शिर्षक राखेको र धर्ममाथी आंच पुर्याउने कुनै बिषयबस्तु नरहेको बताउदै आएको छ । बोर्डले बिहीबारको छलफल सहमतिमा पुग्न नसकेपछि शुक्रबारलाई कार्यसमिति बैठक बोलाएको छ । ‘दुवै पक्षलाई राखेर मिलाउने प्रयास गरिरहेका छौं । धर्म र समुदायमाथिको कुरा भएकाले भोलि कार्यसमिति बैठक राखेर निष्कर्षमा पुर्‍याउने प्रयास गर्नेछौं’ बोर्डका प्रवक्ता केएल बुढाथोकीले भने ।

प्रतिक्रिया दिनुहोस्