लण्डनमा ‘गोर्खा वारिअर’ को भव्य प्रिमियर (फोटोफिचर)


नेपाली चलचित्र ‘गोर्खा वारिअर’ को लण्डनमा रेडकार्पेट प्रिमियर गरिएको छ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथिको रुपमा सहभागी प्रिमियर स्थानीय लेस्टर स्क्वायरस्थित आइम्याक्स सिनेवर्ल्डमा आयोजना भएको थियो।

प्रिमियरमा गोर्खा भेट्रानहरुलाई सम्मान गरिएको थियो। कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा चढेका हरिबहादुर बुढा समेत समारोहमा उपस्थित थिए । चलचित्रको प्रिमियरमा सहभागी हुन् नेपालबाट पत्रकार, चलचित्रकर्मी र बिशेष पाहुनाहारु बेलायत पुगेका छन्।

निर्देशक चाम्ससहित चलचित्रका कलाकारहरु रितेश चाम्स र रेविका गुरुङ प्रिमियरमा सहभागी रहे । दीया पुन परिवार सहित प्रिमियरमा पुगेकी थिइन्। कार्यक्रममा सहभागी हुन धीरेन शाक्य, सन्तोष सेन, प्रेम पुरी, ज्योति राई, जनकदीप पराजुली, योगेश्वर अमात्य लागायत लण्डन पुगेका थिए।

तस्वीर सौजन्य : कुशल श्रेष्ठ

बेलायती सेनाको गोर्खा बटालियनले दोस्रो विश्वयुद्धको क्रममा मलायामा लडेको बहादुरीपूर्ण लडाइँको कथा चलचित्रले बोकेको छ। मिलन चाम्सले चलचित्रलाई निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्