शिक्षा मन्त्रीको साथमा नीति र उत्तमले गरे कन्सल्टेन्सी उद्घाटन


उच्च शिक्षा अध्ययनका लागी पछिल्लो समय नेपाली बिद्यार्थीहरु विदेश जाने मोह बढ्दो रहेको छ। सोहि कुरालाई लक्षित गर्दै गोल्डन वाक ऐजुकेशनल एण्ड भिसा सर्भिसेस नामक कन्सल्टटेन्सीले पनि आफ्नो सेबा शुरू गरेको छ ।

काठमाडौँको पुतलीसडकमा रहेको यो कन्सल्टेन्सीको सोमबार शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादबले एक समारोहबीच शुभारम्भ गरेकी थिईन् । शुभारम्भ कार्यक्रममा मन्त्री यादबले बिदेशमा गएर पढेको , जानेको र सिकेको शिक्षा तथा ज्ञानलाई स्वदेशमा ल्याउनु पर्ने कुरा तर्फ जोड दिएकी थिईन । गोल्डन वाकमा निर्देशक सुनिल बिष्ट ,संस्थापकहरु सुन्दर चापागाईं र नबराज बिष्ट लगायतको समूह सन्चालकको रूपमा रहेका छन । शुभारम्भ कार्यक्रममा गोल्डन वाक ऐजुकेशनल एण्ड भिसा सर्भिसले उच्चशिक्षा अध्ययन गर्न बिदेश जान चाहने नेपाली बिध्यार्थीहरूलाई अष्ट्रलिया,अमेरिका,क्यानडा ,यू के , न्यूजल्याण्ड,आयरल्याण्ड र जर्मन लगायतका मूलुकहरूमा पठाउंने छ ।

गोल्डन वाक सन्चालनमा आएकोमा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, चर्चित फेशन डिज़ाइनर उत्तम बनेपाली र मिस नेपाल निती शाह लगायत प्रजातान्त्रिक समूहसंग आबद्द ब्यक्ति तथा ब्यक्तित्वहरूले गोल्डन वाकको कार्यालयमा नै पुगेर सस्थाको सफलताको लागि शुभकामना दिएका थिए । सस्थालाई सबै बिध्यार्थीहरूको बिश्वासिलो र भरपर्दो कन्यल्टेन्सीको रूपमा अगाडि बढाईने जानकारी सस्थाका निर्देशक सुनिल बिष्टले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्