दिपिकासंग पलले सुरु गरे कमब्याक चलचित्र ‘मायावी’ को छायांकन


अभिनेता पल शाहको कमब्याक चलचित्र ‘मायावी’ को छायांकन सुरुवात भएको छ। आइतबार मुस्ताङ्गको नीलगिरि हिमाल क्षेत्रबाट चलचित्रको छायांकन सुरुवात गरिएको हो।

पाल र भारतका विभिन्न क्षेत्रमा ३५ दिनसम्म चलचित्रको छायांकन चल्नेछ। एक बर्षको हिरासत बसाईपछि पल शाहले पहिलो चलचित्रको छायांकन सुरु गरेका हुन्। यो चलचित्रमा दिपिका प्रसाई अभिनेत्रीको रुपमा रहेकी छिन्। दिवाकर भट्टराईको निर्देशनमा तयार हुने चलचित्रमा पल र दिपिकाको साथमा समिम खान र करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, सुशील सिटौला मुख्य भूमिकामा रहेका छन्। चन्द्र पन्त र राज कटुवाल निर्माता रहेको चलचित्रको नीलगिरिमा छायांकनपछि पोखरा र भारतमा चलचित्र खिचिनेछ।

प्रतिक्रिया दिनुहोस्