मोफसलका दर्शकसंग ‘परदेशी २’ लिएर केकी र प्रकाश


असोज २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परदेशी २’ टिम यतिबेला प्रचारप्रसारको लागी मोफसलमा रहेको छ। नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्रको प्रचारका लागी निर्माण टिम देशका विभिन्न स्थानमा पुगिरहेका छन्। केकी अधिकारी र प्रकाश सपुत दर्शक भेट्दै चलचित्रको बारेमा जानकारी गराईरहेका छन्। आइतबार नेपालगन्ज पुगेको चलचित्रको टिमले ‘चलचित्र पत्रकार संघ नेपाल बाँके’ शाखासँग साक्षात्कार गरेको थियो ।

डेव्यु चलचित्रलाई लिएर प्रकाश निकै उत्साहित रहेका छन्। गायनमा आफ्नो अब्बल उपस्थिति जमाएका सपुत अभिनयमा सोहि साथको अपेक्षा दर्शकबाट राखीरहेका छन्। यो चलचित्र रिलिज नभएसम्म अरु कुनै चलचित्रमा अभिनय नगर्ने प्रकाशको योजना लामो समयबाट रहेको छ। केकी अधिकारिले मौलिक कथामा अभिनय गर्ने अवसर पाएको जानकारी गराएकी छिन्। हरेक नेपालीको घरघरको कथा रहेको केकीले बताईन्।

नेपालगन्जपछि निर्माण टिम बुटवल, पोखर हुदै काठमाडौं फर्कने योजनामा रहेको छ। राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको यो चलचित्रमा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्