A vertical shot of the black cat in the dark darkness

भोलाराज र ऋचा शर्मा स्टारर ‘कौसीद’को मार्मिक गीत (भिडियो)


असोज २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘कौसिद’ को नयाँ गीत सार्वजनिक भएको छ। ‘नझर्थेर आँशु’ बोलको मार्मिक गीत लिरिकल रुपमा सार्वजनिक गरिएको हो। सुख दुखले मिश्रित दैनिकीको भाव बोकेको गीतले भुलेर अरूको खुसीको लागि संघर्षरत एक शिक्षकको कथा शब्दमा व्यक्त गरेको छ ।

बुद्ध लामाको स्वर र संगीतमा तयार भएको गीतमा लक्ष्मण बानियाँको शब्द रहेको छ। कुमार भाष्करको निर्देशनमा तयार भएको गीतमा अभिनेता भोलाराज सापकोटा र अभिनेत्री ऋचा शर्मा मुख्य भूमिकामा रहेका छन् ।

केदार भुषालको निर्माणमा तयार भएको चलचित्रमा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी मुख्य भुमिकामा छन् । दिमेश श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलिया कथा र निसाल पौडेलको छायांकन रहेको छ। बड पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई आर आर फिल्मस् ले वितरण अधिकार लिएको छ ।

प्रतिक्रिया दिनुहोस्