परिच्छेद सेनको निर्देशनमा ‘महाराजधिराज’ घोषणा


गएको बर्ष ‘प्रेमगन्ज’ निर्देशन गरेका निर्देशक परिच्छेद सेनको निर्देशनमा नयाँ चलचित्र निर्माण घोषणा भएको छ। घटस्थापनाको अवसर पारेर उनको नयाँ चलचित्र ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको हो । परिच्छेदकै लेखन रहेको यो चलचित्रका प्रस्तुतकर्ता बिराज विष्ट हुन् । बिराजले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए ।

टोपेन्द्र विष्टको लगानीमा तयार हुने चलचित्रले रोमान्टिक तथा सामाजिक कथा प्रस्तुत गर्ने निर्देशक सेनले जानकारी दिएका छन् । छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रलाई वि.सं २०८१ सालको तिहारमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । चलचित्रका कलाकार भने तय गरिएको छैन । ‘महाराजधिराज’ बाट दर्शकले आफूप्रति गरेको विश्वासलाई अझै बलियो तरिकाले प्रस्तुत गर्ने परिच्छेदले बताएका छन् । परिच्छेदले प्रेमगञ्ज अघि ‘मोदर र स्ट्राइक’ नामका सट फिल्म पनि निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्