फ्राइडे रिलिज: हलमा पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’


फागुन १३ गतेबाट प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज भएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा रहेका छन्। कोरोना कहर र लकडाउनका कारण लगातार रिलिज मिति सर्दै आएको चलचित्र २ बर्ष लामो प्रतिक्षा पछी रिलिज हुन लागेको हो। सुदर्शन थापा र पूजा शर्माको निर्माणमा तयार भएको चलचित्रमा पल र पूजाको साथमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोख्रेल लगायतका कलाकारको अभिनय रहेको छ। सुदर्शन थापाको नै कथा रहेको चलचित्रलाई सौरभ लामाले खिचेका छन्।

चलचित्रको बुधबार भव्य रेड कार्पेट प्रिमियर भएको थियो। कलाकारको बाक्लो उपस्थिति बीच भएको प्रिमियरको रौनक निकै आकर्षक रहेको थियो। चलचित्रको प्रिमियर हेर्न सरोज खनाल, गौरी मल्ल, निरुता सिंह, दिपकराज गिरि, दिपाश्री निरौला, निर्मल शर्मा, प्रियंका कार्की, बर्षा राउत, आयुष्मान देशराज जोशी, सन्जोग कोइराला, पुष्प खड्का, आकाश श्रेष्ठ लगायता धेरै कलाकार कृतिपुर पुगेका थिए। चलचित्र हेरिसकेपछी हेर्ने सबैले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् । म्युजिकल लभ स्टोरी चलचित्रले दर्शकलाई बाध्न सक्ने प्रतिक्रिया कलाकारले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्