A vertical shot of the black cat in the dark darkness

‘पशुपति प्रसाद २: भष्मे डन’ को बुकिङ्ग आक्रामक बन्दै, उच्च ओपनिङ्गको अपेक्षा


यो बर्षको सर्वाधिक प्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘पशुपति प्रसाद २: भष्मे डन’ कार्तिक ४ गतेबाट रिलिजको तयारीमा रहेको छ। कार्तिक ४ गते फूलपाती बाट रिलिज तयारीमा रहेको चलचित्रको बुकिङ्ग आक्रामक देखिएको छ। बुकिङ्ग ओपन गरिएका शो हरुको टिकट आक्रामक रुपमा सोल्ड भैरहेको छ। रिलिजको १२ दिन अगाडि नै काठमाडौंको चाबहिलमा रहेको एफक्यूब हलले टिकट विक्री सुरु गरेको थियो । एफक्यूबमा टिकट विक्री आक्रामक देखिएको छ ।

यस्तै, बनेपाको शुभकामना हलमा बिहान साढे ८ बजेको शो सोल्ड आउट भइसकेको छ । अन्य हलमा पनि चलचित्र प्रति दर्शकको खोजि उच्च रहेको बुझिएको छ।

बक्स अफिसमा यो चलचित्रले बम्पर ओपनिङ गर्ने संकेत देखिएको छ । हिट चलचित्रको सिक्वेल र स्टार कलाकारको उपस्थितिले चलचित्र प्रति दर्शकको प्रतिक्षा व्यग्र रहेको छ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको चलचित्र विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । दिपेन्द्र के खनालले चलचित्रको निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्