‘चित्रा’ गीतमा शुभेच्छासंग सन्तोषको तानातान


तिहारको अवसर पारेर चलचित्र ‘चित्रा’ को पहिलो गीत सार्वजनिक भएको छ। लोक शैलीमा तयार भएको गीत ‘नजरैको हानाहान’ निर्माण टिमले सार्वजनिक गरेको हो। राजनराज शिवाकोटीको शब्द, संगीत र स्वर रहेको गीतमा मिलन नेवारको फिमेल आवाज रहेको छ। चलचित्रका अभिनेता सन्तोष अधिकारी र अभिनेत्री शुभेच्छा खड्काको नृत्य रहेको भिडियोमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।

सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन्। मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल, प्रकाश घिमिरे लगायतको अभिनय चलचित्रमा रहेको छ।

बाबु र छोरीको कथालाई उठान गरेको चलचित्र आगामी पौष २७ गतेबाट प्रदर्शनमा आउन लागेको छ। चलचित्रमा आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्