सन्तोष सेनको ‘बलिदान’ टिजर, विराज र प्रदिपको अभिनय माग


नेपाली चलचित्र क्षेत्रमा दिल खोलेर चलचित्र निर्माणमा कोहि लागेको छ भने त्यो, सन्तोष शेन नै हुन् । चलचित्रलाई नयाँ नयाँ स्टाइलमा निर्माण र प्रदर्शनको लागी सेन खटिएका हुन्छन्। प्रेमगीत ३ लाई हिन्दी डब गरेर भारतमै सम्पादन र प्रदर्शन गर्न शेन सफल भएका थिए । यहि बीचमा निर्माता तथा निर्देशक सेनले आफ्नो नयाँ प्रोजेक्ट ‘बलिदान’को टिजर आज सार्वजनिक गरेका छन् ।

आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको टिमले छायाँकनमा जानु अगाडी नै टिजर सार्वजनिक गरेको हो।‘फस्र्ट ल्याण्डिङ’ बताइएको चलचित्रको टिजरमा कलाकारलाई प्रस्तुत गरिएको छैन । देशमा देखिएको विकृती र विसंगतीका विरुद्धमा बोल्ने एक यूग पुरुषको खोजी गर्ने चलचित्रलाई एक्सन शैलीमा निर्माण गरिनेछ । एक सार्वभौम महाकथा भनिएको चलचित्रले राष्ट्रभाव बोल्ने पक्का रहेको छ।

पवन ब्राडफोर्ड बिस्टको लगानी तथा चक्र बहादुर चन्द र प्रेम पुरी कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रलाई आउँदो बर्षको दशैंको फूलपातिमा रिलिज घोषणा गरिएको छ। साधक दर्शनजीको लेखन रहेको चलचित्रको टिजर सार्वजनिक पछाडी अधिकांशले चलचित्रमा विराज भट्ट र प्रदिप खड्का रहनुपर्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्